नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका नवनिर्वाचित पदाधिकारीलाई महानगर द्वारा सम्मान-

-दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज,०३ भाद्र । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई वीरगंज महानगरपालिकाले आज औपचारिक रूपमा सम्मान गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले मंगलबार आफ्नो कार्यकक्षमा आयोजित कार्यक्रममार्फत नयाँ नेतृत्वलाई सम्मान गर्दै आगामी कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

विजयी पदाधिकारीहरूमा अध्यक्ष प्रियान्सु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य इञ्जिनियरहरू सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इञ्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि अनिवार्य रहेको भन्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “इञ्जिनियरहरू विकासको मेरुदण्ड हुन् ।

तपाईँहरूको योजनाबद्ध काम र इमानदार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ । त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ ।

”त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वले इञ्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इञ्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा युवा इञ्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताउनु भयो ।

उपाध्यक्ष श्याम किशोर दास र सचिव मनिष केशरीले पनि आफ्नो कार्यकालमा संस्थालाई बलियो बनाउन र सदस्यहरूबीच एकता कायम राख्न प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा उपस्थित अन्य पदाधिकारी तथा इञ्जिनियरहरूले पनि आ-आफ्ना धारणा राख्दै महानगरसँग सहकार्य गरेर वीरगंजलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन