एपीएफ क्लबका महिला फुटबल खेलाडीहरुको विदाई

काठमाडौँ । एपीएफ क्लबका महिला फुटबल खेलाडीको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बीच बिदाई गरेका छ ।

एशियन फुटबल फेडेरेसनको आयोजनामा यहि भाद्र ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म उज्वेकिस्तानको कर्सी शहरमा संचालन हुने एएफसी वुम्नस क्लब च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका महिला फुटबल खेलाडीहरु तथा प्रशिक्षक एवं अफिसियलहरुलाई महानिरीक्षक अर्यालले बिदाई गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा महानिरीक्षक अर्यालले खेलाडी, प्रशिक्षक एवं अफिसियलहरुलाई विदाई गर्नुकासाथै खेलाडीहरुले मैले किन जित्न नसक्ने भन्ने भावनाकासाथ मन र दिमाग लगाई जित्ने प्रयासकासाथ खेल्नुपर्ने बताए । साथै खेल संगठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकोले खेलाडीहरुले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने समेत बताए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षकअर्यालले अग्नि ईनकर्पोरेटका प्रबन्धक निर्देशक अर्जुन प्रसाद शर्मालाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरेका थिए ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले खेलाडीहरुले जित्छौँ भन्ने भावनाकासाथ प्रचुर दिमागको प्रयोग गरी पाएको अवसरलाई सहि ढंगले सदुपयोग गर्नुपर्ने बताउदै सबै खेलाडीहरु कौशलता र क्षमताले अब्बल भएकाले नतिजा राम्रो आउने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी तथा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालय काठमाडौंका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाको समेत उपस्थिती रहेको थियो ।

एपीएफको महिला टिमले अगस्त २५ मा उज्बेकिस्तानको क्लब नासाफसँग खेल्ने छ भने अगस्त २८ मा थाइल्याण्डको कलेज अफ एशियन स्क्लर्ससँग र अगस्त ३१ मा साउदी क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि