वीरगंजमा हैजा समुदायस्तरमै फैलियो, महानगरले हेल्पडेस्क र सूचना केन्द्र स्थापना गरी आपतकालीन अभियान तिव्र बनायो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०७ भाद्र । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ । शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा हैजा वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ ।

यसबीच शनिबार महानगरले यहाँ सञ्चालित अस्पतालका सञ्चालकहरू सँग बैठक गर्दै संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिँदै प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिनुभएको छ ।

महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ, भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ । अहिले वीरगंजको १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ र त्यहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ ।

यसै क्रममा महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउन विशेष पहल गरेको छ । यस मार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय र आपतकालीन सम्पर्क सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले समुदाय स्तरमै निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

विशेष गरी मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडा पखालाको लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय सँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको हो ।

अहिले नारायणी अस्पताल, वीरगंज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडा पखालाका बिरामीहरूको चाप बढिरहेको छ । शनिबार सम्म झाडा पखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी नै छ ।

विशेषज्ञहरूले दूषित पानी र खाना सेवन बाट हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् । हाल वीरगंजको विभिन्न बस्तीमा ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ । त्यसैले महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने र सफा खानेपानी प्रयोग गर्न आग्रह गरेको छ ।

यस सँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घरमा सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 47 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन