महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०८ भाद्र । हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको बेला वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरका सम्पूर्ण कर्मचारीलाई सतर्कतापूर्वक र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । उहाँले अहिलेको अवस्था आत्तिने नभई संयम र धैर्यका साथ सामूहिक प्रयास द्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

प्रमुख सिंहका अनुसार, “अहिले सम्म डारई हाल्नु पर्ने अवस्था सिर्जना भएको छैन । महानगर हैजा नियन्त्रण उन्मुखमै छ र हामीले आवश्यक सबै उपायहरू अपनाइरहेका छौं ।” उहाँले बिरामी भेटिने बित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंज भित्रका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

यसै क्रममा महानगरले हैजा बाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरेको छ । ती टोलीले प्रभावित वडाका घरघरमा पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, संभावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएका छन् ।

महानगर प्रमुखले सबै कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी मात्र पिउन आग्रह गर्न, तरकारी तथा खाद्यपदार्थलाई राम्रोसँग धोएर पकाउन सुझाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गर्नुभयो ।

यसैगरी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिनु भयो । उहाँले सबै कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नु पर्नेमा जोड दिँदै महामारी नियन्त्रणमा समन्वय, सूचना आदानप्रदान र तत्कालीन उपचार व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महानगरले हैजा नियन्त्रणका लागि हेल्प डेस्क स्थापना गर्ने, जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन गर्ने, पानीको नमूना परीक्षण गर्ने र सरसफाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कदम चालेको जनाएको छ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 51 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 47 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन