भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै

काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ ।

सरकारले सावधानीका रूपमा ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ। राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ ।

धेरै क्षेत्रमा रेल र उडानहरू रोकिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन् । अधिकारीहरूले यो आँधी गत वर्षको यागी आँधी जत्तिकै शक्तिशाली साबित हुन सक्ने बताइएको छ । यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्‍याएको थियो ।

टाइफुन काजिकी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो । अब भियतनामका पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष चपेटामा परेका छन् ।

स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ र स्थितिको निरन्तर निगरानी भइरहेको छ । 

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 35 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 29 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 32 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 32 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 35 views
    आजको राशिफल