भारतमा जीएसटी करमा व्यापक सुधार: तल्लो र मध्यम बर्गलाई फाइदा

काठमाडौँ । भारतमा जीएसटी करको दरमा हेरफेर गरिएको छ । जीएसटी परिषद्को ५६औं बैठकले १२ प्रतिशत र २८ प्रतिशत कर स्ल्याब हटाउने प्रस्तावलाई अनुमोदन गरेको अर्थमन्त्री निर्मला सितारमणले जानकारी दिएकी छन् । यस सुधारलाई ‘नेक्स्ट जेनेरेसन जीएसटी रिफर्म’ नाम दिइएको छ ।   

उनले विद्यमान संरचनालाई सरल बनाउन सेप्टेम्बर २२ देखि ५ प्रतिशत र १८ प्रतिशत गरी जीएसटीमा दुई स्ल्याब मात्र लागू गरिने बताएकी छन् । यसले लगभग १७५ वस्तुहरू सस्तो बनाउने दाबि गरिएको छ । अर्थमन्त्री सीतारमणले दूध, रोटी, पिज्जा, चेन्ना लगायत धेरै खाद्य वस्तुहरू जीएसटी मुक्त हुने बताइन् । यस बाहेक, सिमेन्टमा कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ । यस बाहेक, विलासिताका वस्तुहरू र सुर्तीजन्य पदार्थहरूमा ४० प्रतिशत जीएसटी लगाइनेछ । यो बैठक दुई दिन (३-४ सेप्टेम्बर) को लागि आयोजना गरिने थियो, जुन एकै दिनमा सम्पन्न भएको छ ।

अब भारतमा दूध, छेना र पनीर, सबै भारतीय रोटी, रोटी, पराठा, चपातीमा कर नलाग्ने भएको छ । त्यस्तै हाल १२ देखि १८ प्रतिशतसम्म जीएसटीलाग्दै आएका खाद्य वस्तुहरू – सस, पास्ता, कर्नफ्लेक्स, घिउ, बटर, इन्स्ट्यान्ट चाउचाउ, चकलेट, कफी र संरक्षित मासुमा अब केवल ५ प्रतिशत जीएसटी लाग्ने छ । त्यस्तै हाल २८ प्रतिशत जीएसटी लाग्दै आएका एयर कन्डिसनर, ३२ इन्च भन्दा ठूला टिभीहरू, भाँडा धुने मेसिनहरू, साना कारहरू, ३५० सीसी वा सोभन्दा कम मोटरसाइकलहरू सबैमा १८ प्रतिशत मात्र लाग्ने छ ।

जीएसटीको संरचनामा सुधार गर्ने निर्णयहरूको घोषणा गर्दै अर्थमन्त्री सितारमणले जीएसटी स्थिर र स्थायी रहोस् भन्ने कुरा सुनिश्चित गर्ने बताएकी छन् । उनले जीएसटी क्षतिपूर्ति सम्बन्धी पनि कदम चालिरहेको बताउदै जीएसटीका सबै सुधारहरू आम मानिसलाई ध्यानमा राखेर गरिएको बताएकी छन् । श्रममा आधारित र मजदुर-किसान आधारित क्षेत्रहरूलाई सुदृढ पार्न ध्यान दिइएको बताउदै उनले यस बाहेक स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णय गरिएको बताएकी छन् । 

  • Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 71 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 41 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 36 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला