हैजा नियन्त्रणसँगै तोडफोड–आगजनीको घाउ, तर सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २६ भाद्र । खानेपानीको अभाव पछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ । स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो । तर हैजा नियन्त्रण सँगै वीरगञ्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्‍यो—लुटपाट, चोरी, तोडफोड र आगजनी बाट भएको अपुरणीय क्षति ।

सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको युवापुस्ताको आन्दोलनमा केही आपराधिक समूह घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरे । नगरवासीको साझा सम्पत्तिहरू जलाइए, कार्यालयहरू तोडफोड भए, सडकमा रहेका संरचनाहरू खरानीमा परिणत भए । यस क्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको निजी घर समेत जलेर पूर्णरूपमा ध्वस्त भएको छ ।

तर, यस्तो कठोर र व्यक्तिगत पीडाको अवस्थामा पनि नगर प्रमुख सिंहले आफ्नो घर पुनर्निर्माणभन्दा बढी नगरलाई प्राथमिकता दिएका छन् । उनले भनेका छन्, “मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।” प्रमुख सिंहले सम्पूर्ण संयन्त्रलाई सफाइ र व्यवस्थापनमा निरन्तर लागिरहन निर्देशन दिएका छन् ।

महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम अझै विद्यमान छ । लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सरसफाइ गर्ने, दूषित खानेपानीको स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्र वरपर थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ ।

यस सँगै, आन्दोलनको क्रममा जलेर खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ । कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ ।

नगर प्रमुख सिंहले आफ्नो निजी घर जलेर खरानी भएको भए पनि सम्पूर्ण नगरको संरचना र सुन्दरतालाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई प्रेरित गरि रहनु भएको महानगरले जनाएको छ । उहाँको निर्देशन अनुसार – “मेरो घर भन्दा ठूलो घर भनेको यो नगर हो, यो नगरलाई निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो” भन्ने भावना सहित सफाइ अभियानलाई निरन्तरता दिइएको हो ।

यस्तो प्रतिकूल परिस्थिति, साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडा हुँदा हुँदै पनि वीरगञ्ज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढता पूर्वक अघि बढिरहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 33 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 29 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन