पिता बन्ने सलमानको इच्छा

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले बच्चाको पिता बन्ने इच्छा व्यक्त गरेका छन् ।

अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो ‘टू मच’ को पहिलो एपिसोडमा अभिनेता आमिर खानसँग देखा परेका सलमानले आफु पिता बन्ने बताएका हुन् । 

यस शोमा आमिर र सलमानले आफ्नो करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा कुरा गरेका थिए ।

सलमानले आफ्नो व्यक्तिगत जीवन बारे कुरा गर्दै छिट्टै पिता बन्ने बताएका हुन् । उनले भनेका छन्- ‘बच्चाहरू हुनेछन्, चाँडै जन्मनेछन् । आउने समयको प्रतीक्षा गर्नुहोस्, र हामी हेर्नेछौं ।’

५९ बर्षिय अविवाहित सलमानले पिता बन्ने इच्छा व्यक्त गरेसँगै उनले सेरोगेसीबाट बच्चा जन्माउन सक्ने बताइएको छ । यसअघि सेरोगेसीबाट कैयौं बलिवुड सेलिब्रेटी माता पिता बनेका छन् । जसमा करण जोहर, तुषार कपुर, एकता कपुर रहेका छन् । त्यस्तै शाहरुख खानका कान्छा छोरा अब्राम खान पनि सेरोगेसीबाट जन्मिएका हुन् ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 29 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन