सूर्या नेपाल द्वारा वीरगंज महानगरलाई कम्प्युटर, ल्यापटप सहितका उपकरणहरू सहयोग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ११ असोज । वीरगंज महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टर सहितका विद्युतीय सामग्रीहरु सहयोग गरेको छ ।

गत भदौ २४ गते आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो ।

यही अवस्थालाई ध्यानमा राख्दै सूर्या नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्या नेपालले पुर्‍याएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दछु ।

भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने मेरो अपेक्षा छ ।”सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्नेछ ।

”यस्तै, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।सामग्री हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 75 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 128 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 143 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views