जबरजस्ती करणी मा पक्राउ

काठमाडौँ , प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बाजुरा र पाल्पाबाट चार जना पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाजुराको बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पाको रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दि, स्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 60 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला