अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित काठमाडौं नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय राम बहादुर दुलाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय आकाश चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बङ्क बस्ने २६ वर्षीय प्रदिप ऐरी र बेदकोट नगरपालिका-२ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८४ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, गौरीगंज गाउँपालिका-५ फत्तेपुर बोडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुक बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 8 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 127 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 34 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 36 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 34 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 33 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति