कोलम्बियाली राष्ट्रपति पेट्रोको ट्रम्पलाई चेतावनी- अमेरिकाको प्रतीक्षामा छु

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि वासिङ्टन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध झन् झन् तनावपूर्ण बन्दै गएको छ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको आलोचना गरेका छन् ।

पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिँदै साहस भए आफुलाई पक्राउ गर्न चेतावनी दिए । उनले आफू कोलम्बियामै रहेको र अमेरिकाको प्रतीक्षामा रहेको समेत बताए । पेट्रोको बयानले ल्याटिन अमेरिकाभर राजनीतिक उथलपुथल निम्त्याएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि उनले यो बयान दिएका थिए ।

मादुरोले अगस्ट २०२५ मा डोनाल्ड ट्रम्पलाई यस्तै चुनौती दिएका थिए । मादुरोले यदि अमेरिकासँग साहस छ आएर पक्राउ गर्नु भनेका थिए । प्रतिक्रियामा, अमेरिकाले मादुरोको गिरफ्तारीको लागि प्रस्ताव गरिएको इनाम बढाएको थियो । पेट्रोले चेतावनी दिदै अमेरिकाले कोलम्बिया वा यसको वरपरका क्षेत्रहरूमा सैन्य आक्रमण गरेमा यसको गम्भीर परिणाम हुने बताएका छन् ।

पेट्रोका अनुसार, अमेरिकी बम विस्फोटको घटनामा, गाउँहरूमा बस्ने किसानहरूले हतियार उठाएर पहाडी क्षेत्रहरूमा भागेर छापामार युद्ध सुरु गर्न सक्ने र जसले गर्दा सम्पूर्ण क्षेत्र अस्थिर हुन सक्ने बताएका छन् । पेट्रोले यो पनि भने कि देशको जनसंख्याको ठूलो हिस्साले माया र सम्मान गर्ने राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयासले जनआक्रोश निम्त्याउन सक्छ।

गुस्ताभो पेट्रोले उनी आफैं पहिले छापामार आन्दोलनको हिस्सा थिए र १९९० को दशकमा हतियार त्यागेका थिए । उनले फेरि कहिल्यै बन्दुक नउठाउने वाचा गरेका थिए, तर आफ्नो देश र मातृभूमिको रक्षा गर्न आवश्यक परेमा फेरि हतियार उठाउन सक्ने बताउदै आएका छन् ।

यसअघि, ट्रम्पले कोलम्बिया विरुद्ध गम्भीर आरोप लगाएका थिए । आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कोलम्बिया एक बिरामी देश भएको जसलाई कोकेन उत्पादन गर्ने र अब अमेरिका पठाउने व्यक्तिले शासन गर्ने बताएका थिए । ट्रम्पले यो राष्ट्रपति लामो समयसम्म सत्तामा नरहने बताउदै कोलम्बिया विरुद्ध सैन्य कारबाहीलाई राम्रो विचार मान्ने बताएका थिए ।

कोलम्बियाली सरकारले यी कथनहरूको जवाफ दिँदै अन्तर्राष्ट्रिय सम्बन्धमा संवाद, सहयोग र पारस्परिक सम्मानमा विश्वास गर्ने बताउदै सरकारले स्पष्ट रूपमा कुनै पनि देशलाई धम्की दिने वा बल प्रयोग गर्ने काम सही नभएको र अन्तर्राष्ट्रिय मान्यताहरू विरुद्ध हुने बताएको थियो ।

यसअघि अक्टोबरको सुरुमा, ट्रम्प प्रशासनले कोलम्बियाका राष्ट्रपति पेट्रो पेट्रो र उनको परिवारका केही सदस्यहरूमाथि लागूपदार्थ तस्करी सम्बन्धको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो । कोलम्बियालाई विश्वको सबैभन्दा ठूलो कोकेन उत्पादक मानिन्छ । कोकेन बनाउन प्रयोग हुने कोका बिरुवा कोलम्बिया, पेरु र बोलिभिया जस्ता देशहरूमा उब्जाउ गरिन्छ । 

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 66 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 35 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला