असामान्य गर्मीले पश्चिमी अमेरिकामा हिउ हराउँदै, जल संकटको चेतावनी

पश्चिमी अमेरिकामा यस वर्ष हिउँको मात्रा असाधारण रूपमा घटेको छ भने तापक्रम सामान्यभन्दा धेरै बढेको छ । यस अवस्थाले आगामी महिनाहरूमा गम्भीर पानी अभावको खतरा बढाउनुका साथै वन डढेलोको जोखिम पनि उच्च बनाएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । हिउँमा आधारित पर्यटन र शीतकालीन खेलकुदसमेत यसबाट प्रभावित भएका छन् ।

वैज्ञानिकहरूका अनुसार पछिल्ला केही दशकयताकै सबैभन्दा कम हिउँको मोटाइ र फैलावट यस वर्ष देखिएको छ । ६७ वटा मौसम केन्द्रमा डिसेम्बरदेखि फेब्रुअरीको सुरुआतसम्म असामान्य रूपमा उच्च तापक्रम रेकर्ड गरिएको छ ।

सामान्यतया यस समयमा करिब ४ लाख ६० हजार वर्ग माइल क्षेत्रमा हिउँ जम्ने गर्दथ्यो, जुन क्षेत्रफल क्यालिफोर्निया, युटा, आइडाहो र मोन्टाना चारवटै राज्य बराबर हो । तर यस वर्ष हिउँ केवल करिब १ लाख ५५ हजार वर्ग माइल क्षेत्रमा मात्र सीमित भएको छ, जुन क्यालिफोर्निया राज्य बराबरको क्षेत्रफल हो ।

नेशनल स्नो एन्ड डाटा सेन्टर (एनओएए) ले यसअघि यस्तो जाडो कहिल्यै नभएको बताउदै मौसमको ढाँचा लामो समयदेखि अस्वाभाविक रूपमा एउटै दिशामा चलिरहेको उल्लेख गरेको छ । केन्द्रका वैज्ञानिक जेसन गर्लिचका अनुसार ओरेगनमा हिउँभित्र संचित पानीको मात्रा रेकर्डकै न्यून स्तरमा पुगेको छ, जुन अघिल्लो सबैभन्दा खराब अवस्थाभन्दा पनि ३० प्रतिशत कम हो ।

अमेरिकाको पूर्वी भागमा भने कडा जाडो र बाक्लो हिउँ जमेको छ, तर पश्चिमी भागमा अवस्था ठीक उल्टो देखिएको छ । युटाको वेस्ट जर्डन सहरमा मानिसहरू टी–सर्ट र सर्ट्स लगाएर हिँडिरहेको देखिएको छ । 

हिउँको अभावका कारण स्की रिसोर्टहरू पहिले नै समस्यामा परेका छन् । ओरेगन, कोलोराडो र युटामा सन् १९८० यताकै सबैभन्दा कम हिउँ रेकर्ड गरिएको छ । जनवरी महिनाभर अत्यन्तै सुख्खा मौसम रह्यो, धेरैजसो राज्यमा औसतभन्दा आधा वा त्योभन्दा पनि कम वर्षा भएको छ। घाम बढी लाग्नु र तापक्रम उच्च रहनुका कारण हिउँ जम्नै सकेन।

डिसेम्बरमा परेको भारी वर्षाका कारण क्यालिफोर्नियाको अवस्था अन्य राज्यको तुलनामा केही राम्रो देखिएको छ । यद्यपि सॉल्ट लेक सिटी विमानस्थलमा लगातार ३२७ दिनसम्म एक इन्च पनि हिउँ नपरेको रेकर्ड बनेको छ, जुन सन् १८९०–९१ पछि पहिलो पटक हो । कोलोराडो र युटामा हिउँ कम हुँदा कोलोराडो नदी क्षेत्रमाथि सबैभन्दा बढी असर पर्ने देखिएको छ ।

  • Related Posts

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    अमेरिका-इरानबीच युद्धविरामको समय सकिदै गर्दा सहमतिको प्रयास तिब्र

     अमेरिका र इरानबीच २१ अप्रिलमा समाप्त हुने अस्थायी युद्धविरामअघि महत्वपूर्ण सम्झौताबारे छलफल तीव्र भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला वार्तामा प्रगति देखिए पनि केही मुख्य विषयमा अझै सहमति बन्न…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 8 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 21 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 26 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 34 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 27 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार