दक्षिण कोरियाका पूर्व राष्ट्रपति येओललाई आजीवन काराबासको सजाय

दक्षिण कोरियाको पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ ।

मुख्य न्यायाधीश जी कुई योनले युनले सेना र प्रहरी बल परिचालन गरी राष्ट्रिय सभामाथि अवैध कब्जा गर्ने, राजनीतिक नेताहरूलाई पक्राउ गर्ने तथा निरंकुश शासन स्थापना गर्ने प्रयास गरेको ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएका हुन् ।

अदालतको फैसलाविरुद्ध युनले माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

विशेष सरकारी वकिलले युनका लागि मृत्युदण्डको माग गरेका थिए। उनीहरूले उक्त कदमले देशको लोकतान्त्रिक प्रणालीमा गम्भीर खतरा उत्पन्न गरेको दाबी गर्दै कडा सजाय आवश्यक रहेको बताएका थिए । तर अधिकांश विश्लेषकहरूले यसलाई सत्ता कब्जाको प्रयासका रूपमा व्याख्या गर्दै मानवीय क्षति नभएकाले आजीवन कारावास पर्याप्त हुने धारणा राखेका थिए । दक्षिण कोरियामा सन् १९९७ यता मृत्युदण्ड कार्यान्वयन गरिएको छैन ।

अदालतले मार्शल ल लागू गर्ने प्रक्रियामा संलग्न पूर्व सैनिक तथा प्रहरी अधिकारीहरूलाई पनि दोषी ठहर गरेको छ। पूर्व रक्षामन्त्री किम योंग ह्यून लाई ३० वर्ष कैद सजाय सुनाइएको छ । उनीमाथि मार्शल ल लागू गर्ने योजना बनाउने र सेनालाई सक्रिय गराउने मुख्य भूमिका खेलेको आरोप थियो ।

पूर्व राष्ट्रपतिलाई अदालत उपस्थित गराउँदा उनका समर्थकहरूले अदालत परिसर बाहिर प्रदर्शन गरेका थिए। सुरक्षा व्यवस्थापनका लागि सयौं प्रहरी परिचालन गरिएको थियो।

युनले सन् २०२४ डिसेम्बरमा राष्ट्रविरोधी शक्तिहरूलाई नियन्त्रण गर्न आवश्यक भएको दाबी गर्दै मार्शल ल घोषणा गरेका थिए । उक्त आदेश करिब छ घण्टासम्म मात्र लागू भएको थियो । त्यसपछि सांसदहरूले सैनिक घेराबन्दी तोड्दै सदन प्रवेश गरी सर्वसम्मत रूपमा आदेश खारेज गरेका थिए ।

डिसेम्बर १४, २०२४ मा संसदले महाभियोग प्रस्ताव पारित गरेपछि युन पदमुक्त भएका थिए । अप्रिल २०२५ मा कोरियाको संवैधानिक अदालत ले उनलाई औपचारिक रूपमा पदबाट हटाएको थियो । त्यसयता उनी विभिन्न आपराधिक मुद्दामा पक्राउ परेर हिरासतमा रहेका छन् ।

गत महिना पनि अदालतले गिरफ्तारीको विरोध, मार्शल ल घोषणामा अनियमितता तथा अनिवार्य पूर्ण मन्त्रिपरिषद् बैठक नबोलाई आदेश जारी गरेको अभियोगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

यसैबीच, सियोल केन्द्रीय जिल्ला अदालत ले तत्कालीन मन्त्रिपरिषद्का दुई अन्य सदस्यलाई पनि अलग-अलग मुद्दामा दोषी ठहर गरेको छ । पूर्व प्रधानमन्त्री हान डक सु लाई २३ वर्ष कैद सजाय सुनाइएको छ । उनीमाथि मन्त्रिपरिषद् बैठकमार्फत आदेशलाई वैधता दिने प्रयास, अभिलेख हेरफेर तथा शपथअन्तर्गत झुटो बयान दिएको आरोप थियो । हानले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका छन् ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 99 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 57 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 67 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन