उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

निर्वाचन मिति नजिकिँदै जाँदा सशस्त्र प्रहरी बल, नेपालले देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा आफ्नो सुरक्षा परिचालनलाई तीव्र बनाएको छ । दुर्गम भूगोल, सीमित यातायात पहुँच र सञ्चारका चुनौतीलाई ध्यानमा राख्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

हिमाली र पहाडी भेगका संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको अग्रिम परिचालन सुरु गरिएको छ । आवश्यक उपकरण, सञ्चार सामग्री तथा हवाई र स्थलमार्ग समन्वयमार्फत जनशक्ति व्यवस्थापनलाई चुस्त बनाइएको छ ।

दुर्गम क्षेत्रमा समयमै सुरक्षाकर्मी पुग्ने सुनिश्चित गर्न अस्थायी क्याम्प स्थापना, गस्ती वृद्धि तथा स्थानीय प्रशासनसँग समन्वयलाई प्राथमिकता दिइएको छ । मौसम प्रतिकूलता र भौगोलिक जटिलता कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि वैकल्पिक योजना समेत तयार गरिएको बताइएको छ ।

सुरक्षा निकायका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ । स्थानीय तह, जिल्ला प्रशासन र अन्य सुरक्षा निकायसँगको सहकार्यलाई सुदृढ बनाउँदै समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने जनाइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 74 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 28 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 46 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 36 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 38 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची