नेकपाको अपिल- देशको अवस्था परिवर्तन गर्ने अवसर दिन आग्रह

 प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ । 

पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएको बताउदै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको अपिलमा संविधान जनताको संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधार संवैधानिक प्रक्रियाअनुसार गरिनुपर्ने धारणा पनि अपिलमा उल्लेख गरिएको छ ।

चुनावी घोषणामा भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, पारदर्शिता प्रवर्द्धन तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना अघि सारिएको छ। साथै खर्चिलो र जटिल निर्वाचन प्रणाली सुधार गरी स्थिर सरकार निर्माणको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पार्टीले कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिने जनाएको छ। सामाजिक विभेद, छुवाछुत, अन्धविश्वास तथा असमानताको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने समाजवाद उन्मुख आर्थिक- सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा देशको अवस्था परिवर्तन गर्ने अवसर दिन मतदातासँग पार्टीले आग्रह गरेको छ ।

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि