इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

अमेरिका-इजरायल र इरानबीचको युद्ध कारण विश्वभर इन्धन अभाव हुने संकेत देखिएपछि अब देशहरुले इन्धनको बचतका उपाय शुरु गरेका छन् ।

युद्धका कारण इन्धनको मूल्य बढिरहेका बेला थाइल्यान्डले इन्धन बचत गर्न सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले मंगलबार यस्तो घोषणा गरेका हुन् ।

सरकारले सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जान पनि रोक लगाएको छ । साथै सरकारी कार्यालयहरूमा एस्केलेटरको सट्टा सिँढी प्रयोग गर्नेजस्ता उपायसमेत लागू गरिएको छ ।

युद्धका कारण बढ्दो तेल मूल्यको असर एशियाका अन्य देशहरूमा पनि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सोमबार खर्च कटौती गर्ने योजना सार्वजनिक गरेका छन् । त्यसअनुसार सरकारी कार्यालय हप्तामा चार दिन मात्र खुल्ने र आधा कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था गरिने बताइएको छ । त्यसैगरी विद्यालयहरू यसै हप्ताको अन्त्यदेखि दुई सातासम्म बन्द गर्ने निर्णय पनि गरिएको छ ।

उता भियतनामले नागरिकलाई इन्धन बचत गर्न घरबाटै काम गर्न र सवारीसाधन कम प्रयोग गर्न आग्रह गरेको छ । बंगलादेशले भने विद्युत् र इन्धन बचत गर्न विश्वविद्यालयहरू बन्द गर्नुका साथै इद-उल-फित्रको बिदा पनि अगाडि सारेको जनाएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 16 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 21 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 22 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 19 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 22 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम