नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एम.बी.बी.एस., बी.डी.एस., बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

बुधबार नेशनल मेडिकल कलेजको लेक्चर थिएटर–१, वीरगञ्जमा सम्पन्न भएको कार्यक्रममा नयाँ शैक्षिक यात्राको सुरुवात सँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना तथा पेशागत दायित्व बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक तथा कर्मचारीहरु बीच परिचयात्मक वातावरण सिर्जना गरिएको थियो ।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षता भएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शहनवाज अन्सारी विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।कार्यक्रमका क्रममा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने परम्परागत रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

त्नयस्तै वप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय प्रस्तुत गर्नु को साथै विद्यार्थीहरूलाई प्रा. डा. रवि शंकर गुप्ता द्वारा शपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरूले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनासहित अध्ययनमा अग्रसर हुन प्रेरणा दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नयाँ विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको कामना व्यक्त गरेका थिए ।

यस नेशनल मेडिकल कलेजले दशकौं देखि गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।…

    पहिलो

    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    • April 30, 2026
    • 7 views
    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    • April 30, 2026
    • 8 views
    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 11 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 6 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 8 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 7 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै