इरानका गुप्तचर मन्त्रीको मृत्यु भएको पुष्टि

इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन् । साथै उनीहरूसँगै रहेका परिवारका सदस्य र अन्य व्यक्तिको मृत्युले देश शोकमा डुबेको उल्लेख गरेका छन् ।

यसअघि इजरायलले हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो । इजरायली सेनाका अनुसार तेहरानमा लक्षित आक्रमण गरी उनलाई निशाना बनाइएको थियो ।

इजरायलले खातिब नेतृत्वको गुप्तचर मन्त्रालयले सरकारका दमनकारी गतिविधिमा भूमिका खेलेको आरोप लगाएको छ । हालका प्रदर्शनहरू दबाउन र प्रदर्शनकारीलाई पक्राउ तथा हत्या गर्न उनी संलग्न रहेको दाबी पनि गरिएको छ ।

इजरायलका रक्षामन्त्रीले पनि खातिब मारिएको पुष्टि गर्दै पछिल्लो आक्रमणलाई इरानका उच्च तहका अधिकारीविरुद्धको कारबाहीको निरन्तरता बताएका छन् । यसले इरानको सुरक्षा संयन्त्रमा ठूलो असर परेको दाबी गरिएको छ ।

इस्माइल खातिब सन् १९६१ मा जन्मिएका थिए । उनले धार्मिक शिक्षासँगै सुरक्षासम्बन्धी क्षेत्रमा लामो समय काम गरेका थिए । इरान-इराक युद्धका क्रममा उनले गुप्तचर क्षेत्रमा भूमिका सुरु गरेका थिए र क्रमशः उच्च पदसम्म पुगेका थिए ।

उनी सन् २०२१ मा गुप्तचर मन्त्री नियुक्त भएका थिए । पछि सन् २०२२ मा अमेरिकाले साइबर गतिविधिमा संलग्न रहेको आरोपमा उनीमाथि प्रतिबन्ध समेत लगाएको थियो ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 19 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 24 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 25 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 22 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 25 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम