चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १२ चैत । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ ।

परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर प्रमुख सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो ।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस प्रकारको पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षासँग सम्बन्धित निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमहरू आयोजना गरिने परम्परा रहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।…

    इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

    काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको…

    पहिलो

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    • May 2, 2026
    • 1 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    • May 2, 2026
    • 13 views
    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    ५ हजार सैनिक फिर्ता बोलाउने

    • May 2, 2026
    • 6 views
    ५ हजार सैनिक फिर्ता बोलाउने

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    • May 2, 2026
    • 14 views
    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    • May 2, 2026
    • 13 views
    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    रास्वपाले बोलायो सचिवालय बैठक

    • May 2, 2026
    • 7 views
    रास्वपाले बोलायो सचिवालय बैठक