पर्सा मा आफ्नै श्रीमतीको खुट्टा काटने श्रीमान पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ चैत । आफ्नै श्रीमतीको खुट्टा काटी फरार रहेका सहनीलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पर्सा जिल्लाको पर्सा गढी नगरपालिका वडा नं. ०३, बिरुवा टोल बस्ने बर्ष ३० को विश्वनाथ सहनीले चैत ०१ गते विहान करिब ०८:३० बजेको समयमा आफ्नै श्रीमती अंदाजी वर्ष २५ की हरिकला देवी सहनीलाई घरायसी वाद-विवादका कारण योजना बनाई क्रुर अमानवीय तवरले धारिलो हतियार ( दाउ ) प्रहार गरि श्रीमतीको वाँया खुट्टा काटी गम्भिर घाइते बनाइ रग्तामै अवस्थामा छाडी भागी फरार रहेका थिए ।

घटना पछि सूचना प्राप्त हुना साथ तत्कालै इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली तथा स्थानीयहरूको सहयोगमा घाइतेलाई उपचारको लागि एल.एस.न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा. लि. परवानीपुर बारामा पठाइएको छ ।

सो घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा वारदात पश्चात् फरार रहेका विश्वनाथ भन्ने विश्वनाथ सहनीलाई घटनाको १४ दिन भित्रै अर्थात् हिजो दिउँसो करिब १२:३० बजेको समयमा उल्लेखित स्थान बाटै जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको विशेष टोली तथा मातहतका प्रहरी चौकी, बडनिहार बाट खटिएको संयुक्त टोलीले पक्राउ गरी निजलाई ज्यान मार्ने उद्योग तथा कुटपिट, अंगभंग सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।…

    पहिलो

    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    • April 30, 2026
    • 7 views
    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    • April 30, 2026
    • 8 views
    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 11 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 6 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 8 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 7 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै