कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यस अधिवेशनले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको छ ।

सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश वटा बैठक १३ घण्टा ४२ मिनेट बसेको थियो ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।  काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 18 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 23 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 24 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 21 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 24 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम