दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १७ चैत । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा संचालित “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सोमबार सम्पन्न भएको छ ।
गत फागुन २५ गते देखि शुरु भएको तालिम २१ दिनको लामो सिकाइ पछि चैत १६ गते बीरगंज महानगरपालिका-१४ स्थित रहेको गण को आफ्नै हलमा मंगलबार अन्तिम प्रवचन कार्यक्रम गरी समापन भएको हो ।
जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहाल को प्रमुख आतिथ्यतामा समापन भएको उक्त कार्यक्रममा यस गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप-अनुसंधान निर्देशक संतोष ढुङ्गेल तथा श्री जंग गण बाट गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की को पनि उपस्थिति रहेको थियो ।
यसै गरी जिल्ला प्रहरी कार्यालय, पर्सा बाट प्रहरी नायब उपरीक्षक राजु कार्की, बीरगंज महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष महबुब एलाही अंसारी, स्थानीय संचारकर्मी, स्पर्श मल्टीस्पेशलिटी हस्पिटल प्रा. लि. का अध्यक्ष डा. महेश्वर प्रसाद कुर्मी लगायत उक्त हस्पिटलका स्वास्थ्यकर्मीहरु, स्थानि भद्रभलाद्मि, सशस्त्र प्रहरी बल नेपालका दक्ष प्रशिक्षक र तालिममा सहभागि प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
साथै यस गणमा कार्यरत सि.अ.,जु.अ. तथा विल्लादार जवानहरु सहित जम्मा ८०/९० जनाको उपस्थिति रहेको थियो र सो तालिममा दिक्षीत भएका २९ जना विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम का विपद् स्वयंसेवकहरु लाई प्रमुख जिल्ला अधिकारी ले प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो ।







