कम्बोडियाबाट थप ७ नेपालीको उद्धार

विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका ७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ ।

अवैध रूपमा सञ्चालन भएका अनलाइन ठगी केन्द्र र क्यासिनोमा काम गर्न बाध्य बनाइएका उनीहरूलाई दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा सुरक्षित रूपमा नेपाल ल्याइएको हो । उद्धार गरिएका नेपालीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरूलाई गैर आवासीय नेपाली संघ कम्बोडियाले सहजीकरण गरेको थियो । दूतावासका अनुसार कठिन अवस्थामा रहेका अन्य नेपालीहरूलाई पनि क्रमशः स्वदेश फर्काउने प्रयास जारी छ ।

दूतावासले कम्बोडियामा नेपाली नागरिकहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा बिना वा म्याद सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाएको छ। यस्तो अवस्थामा रहेका नेपालीलाई तुरुन्त सम्पर्क गरी स्वदेश फर्कन आग्रह गरिएको छ।

उद्धार प्रक्रियामा संलग्न निकायका अनुसार ठगी केन्द्रहरूमा काम गर्ने धेरै नेपालीको राहदानी कम्पनीहरूले जफत गर्ने गरेका छन्। कतिपयले स्थानान्तरणका क्रममा राहदानी हराएको गुनासो समेत गरेका छन्। यस्तो अवस्थामा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरेर स्वदेश फर्काउन सहयोग गर्दै आएको छ।

पछिल्लो तथ्यांकले कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखाएको छ। सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपाली २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ पुगेका छन्।

दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ ।

  • Related Posts

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने…

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 20 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 20 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 22 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 19 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 21 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ