थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ ।

यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो । 

सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने यस अघि नै सूचना दिएको थियो भने कैयौं परिवार शुक्रबारनै सो स्थान छोडेर गएका थिए । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान निकाल्ने क्रममा नै रहेका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकोले बस्तीमै रहेको बताएका छन् ।

सरकारले बस्ती खाली गराएर सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध(वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाएको बताएको छ । यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने र सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने बताएको छ ।

त्यस्तै बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय सरकारले गरेको बताएको छ ।

  • Related Posts

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका…

    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    काठमाडौँ । अमेरिकाको ओहायोको एक अदालतले गर्भवती महिलालाई घरबाट काम गर्न अनुमति नदिएकोमा एक कम्पनीलाई २ करोड २५ लाख डलर जरिवाना गरेको छ । कार्यालयमा महिलाको जबरजस्ती उपस्थितिले समयपूर्व प्रसव…

    पहिलो

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 20 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 19 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    • April 25, 2026
    • 16 views
    अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    • April 25, 2026
    • 16 views
    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    आइपिएलमा आज दुई खेल हुदै

    • April 25, 2026
    • 20 views
    आइपिएलमा आज दुई खेल हुदै

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 20 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?