-दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ वैशाख । बीरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ टोल बस्ने सहिम मियाँको फुस तथा बाँसले बनेको घरमा आईतबार राति करिब ०१:०० बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ३ लाख ४८ हजार मूल्य बराबर को छति भएको कुरा वडाध्यक्ष शम्भु मिश्रले बताएका छन् ।
वहाँका अनुसार सो आगलागीमा विभिन्न सरसामान तथा चौपायाहरु जलेका छन् ।
आगलागी पश्चात् बिहान करिब ०७:३० बजेको समयमा घरमूली सहिम मियाँले ईलाका प्रहरी कार्यालय, सुगौली बिर्ता मा जानकारी गराउनासाथ त्यहाँ बाट प्रहरी नायब निरीक्षक जागेश्वर महतोको कमाण्डमा घटनास्थलमा टोली खटी गई आगलागी बाट भएको छतिको विवरण संकलन गरेका थिए ।
प्रहरी नायब निरीक्षक महतोको विवरण अनुसार आगलागीमा मधेश प्रदेश ०३-००१ ह २५५३ नम्बरको बिद्युतिय इ-रिक्सा एक थान आंशिक रूपमा जलेको छ, जसको अंदाजी मूल्य रु. २ लाख ५० हजार रहेको छ ।

यसै गरि बाख्रा- १ थान जसको अंदाजी मूल्य रु. २० हजार, एउटा पाडी घाईते भएको छ, जसको अंदाजी मूल्य रु. ५ हजार, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ, जसको अंदाजी मूल्य रु. ३० हजार तथा झ्याल र चौकठको काठ अंदाजी मूल्य रु. ४० हजार, विद्युत मीटर बक्स अंदाजी मूल्य रु. ३ हजार गरि जम्मा रु. ३ लाख ४८ हजार बराबरको छति भएको कुरा प्रहरी नायब निरीक्षक महतोले बताएका छन् ।







