कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुदै

कक्षा १२ को आजदेखि शुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदैछन् ।  २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । 

यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत बर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको र प्रश्नपत्र भने अनलाइनबाट पठाउने गरिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ । आज देखि शुरु हुने परीक्षा वैशाख २७ गते सकिने समयतालिका छ ।

उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने र ४५ दिन भित्र नतिजा निकाल्ने गरि बोर्डले तयारी गरेको बताएको छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 7 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 15 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 13 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 27 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 20 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 16 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का