हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र अन्योललाई संसदीय दलको सार्वभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम भएको बताउदै यस्तो कार्य तत्काल रोक्न माग गरेका छन् ।

खड्काले संसदीय दलका सदस्यहरूको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै संसदीय दलको नेता चयन प्रक्रिया पार्टीको विधानअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।

उनका अनुसार पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलका सदस्यहरूले केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा सर्वसम्मत वा प्रतिस्पर्धामार्फत स्वतन्त्र र सार्वभौम ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने  बताएका छन् । यस प्रकारको अनावश्यक हस्तक्षेप र हतारको राजनीति कसैको हितमा नरहेको बताउदै नेता खड्काले संसदीय दलले अबिलम्ब दलको नेता चयन गरी जनता र अन्तर्राष्ट्रिय समुदायको नजरमा पार्टीको छविमा थप क्षति हुनबाट जोगाउनुपर्ने बताएका छन् ।

उनले यस विषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 7 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 15 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 13 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 27 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 20 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 17 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का