अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण पासपोर्टहरू यस गर्मीदेखि जारी हुने जनाएको हो । यी पासपोर्टमा ट्रम्पको गोल्डन हस्ताक्षर समेत रहने बताइएको छ ।

अधिकारीका अनुसार पहिलो चरणमा वासिङ्टनस्थित पासपोर्ट एजेन्सीबाट यो पासपोर्ट वितरण सुरु हुनेछ । त्यहाँ व्यक्तिगत रूपमा पासपोर्ट नवीकरण गर्नेहरूलाई नयाँ डिजाइन उपलब्ध हुनेछ भने अनलाइन आवेदन गर्ने तथा अन्य केन्द्रमार्फत आवेदन दिनेहरूलाई पुरानै डिजाइनको पासपोर्ट दिइनेछ ।

विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले यो पासपोर्टमा आकर्षक कलात्मक डिजाइन र सुधारिएको दृश्य सामग्री रहने भए पनि सुरक्षाका हिसाबले कुनै परिवर्तन नभएको बताए । उनका अनुसार यो विश्वकै सुरक्षित यात्रा दस्तावेजमध्ये एक रहनेछ । सीमित संख्यामा मात्र जारी गरिने भए पनि कति पासपोर्ट छापिने भन्ने खुलाइएको छैन ।

नयाँ पासपोर्टको पछाडिको भागमा अमेरिकी स्वतन्त्रताको घोषणासँग सम्बन्धित ऐतिहासिक चित्र राखिनेछ । उक्त चित्रले सन् १७७६ मा अमेरिकी नेताहरूले संसदमा स्वतन्त्रताको दस्तावेज प्रस्तुत गरेको क्षण देखाउछ ।

यसअघि जारी हुने अमेरिकी पासपोर्टमा पनि ऐतिहासिक दृश्य र राष्ट्रिय प्रतीकहरू प्रयोग हुँदै आएका छन्, जसलाई राजनीतिक रूपमा तटस्थ डिजाइन मानिँदै आएको थियो ।

यसैबीच, ट्रम्पको तस्वीर अन्य सरकारी स्मारक सामग्रीमा समेत प्रयोग भइरहेको छ । राष्ट्रिय निकुञ्ज पासको नयाँ डिजाइनदेखि स्मारक सिक्कासम्ममा उनको तस्वीर समावेश गरिएको उल्लेख छ ।

तर पासपोर्टजस्तो महत्वपूर्ण कूटनीतिक दस्तावेजमा कुनै वर्तमान राष्ट्रपति समावेश हुनु सामान्य अभ्यास नभएको भन्दै यो निर्णयबारे विभिन्न चर्चा सुरु भएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने

    काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 13 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 19 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 21 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 18 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 20 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम