चुनावपछि हिंसा: चार जनाको हत्या

काठमाडौँ । भारतको पश्चिम बंगालमा निर्वाचन परिणामपछि हिंसात्मक घटना सुरु भएका छन् । उत्तर २४ परगना जिल्लाको सन्देशखालीस्थित बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको छ ।

भारतीय मिडियाहरुका अनुसार अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा पाँच जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेहरूमा नाजाट प्रहरी चौकीका प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय बलका दुई जवान रहेका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको जनाइएको छ । मृतकमध्ये भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका दुई–दुई कार्यकर्ता रहेका छन् ।

भारतीय जनता पार्टीले उत्तर २४ परगनाको न्यू टाउन र हावडाको उदय नारायणपुरमा आफ्ना दुई कार्यकर्ताको हत्या तृणमूल कांग्रेसले गरेको आरोप लगाएको छ । यता, तृणमूल कांग्रेसले पनि कोलकाताको बेलेघाटा र वीरभूमको नानुरमा आफ्ना दुई सदस्यको हत्या गरिएको दाबी गरेको छ ।

यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले तृणमूल कांग्रेसको पार्टी कार्यालय डोजर प्रयोग गरी भत्काएको छ । उपद्रवीहरूले आसपासका पसलहरूमा पनि तोडफोड गरेका छन् ।

घटनाबारे प्रतिक्रिया दिँदै तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत ‘परिवर्तन’को नाममा हिंसा भएको आरोप लगाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • Related Posts

    अराघची बेइजिङमा

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन् । अमेरिकासँग युद्धविरामको अवस्थामा भएको अराघचीको यो चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरघचीले बेइजिङमा…

    प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष…

    पहिलो

    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना पक्राउ-

    • May 6, 2026
    • 55 views
    प्रतिबन्धित लागु औषध जस्तो देखिने Laborate क्याप्सुल सहित एक जना  पक्राउ-

    नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार

    • May 6, 2026
    • 21 views
    नेप्सेमा  ३ अर्ब १९ करोडको कारोबार

     चुनावपछि हिंसा: चार जनाको हत्या

    • May 6, 2026
    • 16 views
     चुनावपछि हिंसा: चार जनाको हत्या

    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    • May 6, 2026
    • 20 views
    विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

    गैंडाको खागसहित तीन जना पक्राउ

    • May 6, 2026
    • 17 views
    गैंडाको खागसहित  तीन जना पक्राउ

    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो

    • May 6, 2026
    • 17 views
    गगन थापा-अध्यादेशमा सरकारले जालझेल गर्यो