हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

हेटौंडा । हातेमालो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ७ दिने कृष्टल, गहना तथा हेयर एसेसरी निर्माण सम्बन्धी सीपमूलक तालिम सुरु भएको छ।

हेटौंडा–२, संगमचोकस्थित सहकारीको आफ्नै भवनमा सुरु भएको तालिममा सहकारीका १९ जना सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तालिम यही जेठ ३ गतेदेखि सुरु भई लगातार ७ दिनसम्म सञ्चालन हुनेछ।

तालिमको उद्घाटन सहकारीका अध्यक्ष हरि पौडेलले गर्नु भयो भने कार्यक्रममा सहकारीकी व्यवस्थापक रमला सापकोटा तथा वरिष्ठ प्रशिक्षक कमला सुवेदीले मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनु भयो।

तालिममा वरिष्ठ प्रशिक्षक सुवेदीले सहभागीहरूलाई कृष्टल सामग्री, विभिन्न प्रकारका गहना तथा हेयर एसेसरी बनाउने व्यावहारिक सीप प्रदान गर्र्नु हुनेछ । तालिमपछि सहभागीहरूले घरेलु उद्यममार्फत स्वरोजगार बन्दै आयआर्जन गर्न सक्ने विश्वास आयोजकको छ।

  • Bishnu Timalsina

    Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    कञ्चनपुर  । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको…

    जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

    बाँके । १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ ।  धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    पहिलो

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

    • May 18, 2026
    • 35 views
    बैंकिङ कसूर मुद्दाका फरार  प्रतिवादी ठाकुर पक्राउ-

    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    • May 18, 2026
    • 9 views
    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    • May 18, 2026
    • 31 views
    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 30 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 27 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 29 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित