स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

काठमाडौँ । नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । 

स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पाएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।  नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएका थिए भने इशान पाण्डेले ५५ रन बनाएका थिए ।  त्यस्तै आसिफ सेखले २९ र कुशल भुर्तेलले २८ रन बनाएका थिए । 

त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकुलेनले एक विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनाएका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।  सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए ।  त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

यो जित पछि नेपालको लिग- २ मा २७ खेलमा २२ अंक भएको छ र नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै स्कटल्याण्डको भने ३१ खेलमा ३८ अंक रहेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

  • Related Posts

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने…

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २…

    पहिलो

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    • May 18, 2026
    • 27 views
    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    • May 18, 2026
    • 21 views
    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    • May 18, 2026
    • 20 views
    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    • May 18, 2026
    • 25 views
    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति
    • May 18, 2026
    • 22 views

    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    • May 18, 2026
    • 22 views
    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु