विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु आइसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुर बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् । 

पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ,  मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी पाएलगत्तै महानगरको प्रशासनिक सुधार र सेवाप्रवाहलाई चुस्त बनाउन तीव्र सक्रियता देखाउनुभएको छ। सेवाग्राहीको गुनासोलाई…

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    दीपेन्द्र प्रजापति कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्जबासीको आस्थाको केन्द्र एवं ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न…

    पहिलो

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    • July 10, 2026
    • 89 views
    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    • July 10, 2026
    • 65 views
    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    • July 10, 2026
    • 63 views
    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 77 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 86 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 80 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-