ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

महोत्तरी । महोत्तरीको एकडारा गॉऊपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम थिङ र सोही  गॉऊपालिका(६ बस्ने २१ बर्षिय विपस नेगी रहेकाछन्  ।

उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्रको नेपाल बोर्डर आउट पोष्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन ।उक्त टोलीले धनकुटाको भेडेटारबाट  महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्वरको ट्रकलाई रोक्न खोज्दा नरोकी तिव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्रको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शंकास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याविनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्डल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो । साथै उनीहरुको साथबाट नेपाली रूपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट,  मोवाईल थान २ थान तथा ट्रक र मोटरसाईकलको ब्लुबुक समेत  फेला परेको छ ।

नियन्त्रणमा लिईएका दुबैजनालाई आवश्यक कारवाहीको लागि उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाएको सशस्त्रले जनाएको छ ।

  • Related Posts

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पहिलो

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 57 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    • July 5, 2026
    • 28 views
    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    • July 5, 2026
    • 25 views
    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    • July 5, 2026
    • 17 views
    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै

    • July 5, 2026
    • 24 views
    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 61 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-