पौवादुङमाले दुई सय उन्नत जातका गाई वितरण गर्ने

भोजपुर, १० असार : पौवादुङमा गाउँपालिकाले किसानलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुई सय उन्नत जातका गाईका बाच्छी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो ।

आगामी आर्थिक वर्षमा पालिकाले किसानसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गाईका बाच्छी वितरण गर्ने योजना सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम सञ्चलानको लागि पालिकाले रु ६० लाख बजेट विनियोजन गरेको छ ।

पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँसखेती कार्यक्रम ल्याइएको छ । “दुग्ध मिसन कार्यक्रमअन्तर्गत हामीले उन्नत जातका गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यो कार्यक्रममा किसानसँगको लागत साझेदारीमा दुई सय गाईका बाच्छी वितरण गर्ने लक्ष्य छ ।”

कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारी भञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यावसायिक बाख्रापालनलाई जोड दिइएको उहाँको भनाइ छ ।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । “पालिकाले दूग्धजन्य उत्पादनमा जोड दिएको छ”, उहाँले भन्नुभयो, “यसअघि किसानलाई उन्नत जातका भँैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक गाई वितरणको कार्यक्रम अघि सारेका छौँ ।” उत्पादित दूधको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले जानकारी दिनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको उहाँको भनाइ छ । “यहाँ धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्”, उहाँले भन्नुभयो, “बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई प्रोत्साहनको नीति लिएका छौँ ।”

कृषिमा बहुवर्षीय बालीमा (एभोकाडो, किबी, चिउरी) लगायत खेतीलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । व्यावसायिक तरकारी, अकबरे खुर्सानी खेतीका साथै किसानसँगको लागत साझेदारीमा फलफूल बगैंँचा विकास तथा ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँको भनाइ छ ।

महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर’ कार्यक्रमबाट महिला लक्षित कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    पहिलो

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 35 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 53 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 38 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 41 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 39 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 41 views
    इराकमार्फत इरानले ब्यापार गर्दै