पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

रामपुर (पाल्पा), ११ असारः पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले रु दुुई लाख २९ हजार दुुई सय १९ रकम सहयोग गरेको हो ।

समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताउनुभयो । पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो । नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न सङ्घसंस्था, व्यक्तिबाट गरी हालसम्म रु ३५ लाख ४६ हजार एक सय ५८ रकम सङ्कलन भइसकेको अध्यक्ष कार्कीले बताउनुभयो । बिरामीलाई आवश्यक पर्ने रगत आफन्त विभिन्न व्यक्ति, सङ्घसंस्थासँग आग्रह माग्नुपर्ने अवस्था छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रेमले ती बालिकालाई जबरजस्ती करणी…

    पहिलो

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 35 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 61 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 40 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ