चार लाख बिरुवा वितरण गरिने

जलेश्वर, २३ असार : डिभिजन वन कार्यालय महोत्तरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ ।

डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा धेरै बिरुवा वितरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले बताउनुभयो ।

प्रमुख झाका अनुसार कार्यालयले यसवर्ष २० देखि २२ प्रजातिका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । इच्छुक सेवाग्राहीका लागि यसवर्ष साल, टिक, मलेसियन साल, सतिसाल, अमला, अर्जुन, पारिजात, सहिजन, अम्बा, राजवृक्ष, मोहवनी, कटहर, सनी, बडहर, सनि कटिङ्ग, डाले घाँस, मेवा, कागती, खयर, जामुन, मसलालगायतका बिरुवा उत्पादन गरेको नर्सरी स्याहारकर्ता सुकेश्वर यादवले बताउनुभयो ।

उहाँले यस वर्ष अन्य वर्षभन्दा धेरै बिरुवा उत्पादन गरिएको र किसानले आवश्यकताअनुसार बिरुवा लैजान पाउने बताउनुभयो । डिभिजन वन कार्यालयले पहिलो पटक ठूलो सङ्ख्यामा बिरुवा वितरण गर्न लागेको हो ।

  • Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    पहिलो

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 15 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    जबरजस्ती करणी

    • April 28, 2026
    • 16 views
    जबरजस्ती करणी

    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    • April 28, 2026
    • 20 views
    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    नेप्से २६.१६ अंकले घट्यो

    • April 28, 2026
    • 17 views
    नेप्से २६.१६ अंकले घट्यो

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    • April 28, 2026
    • 16 views
    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 33 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु