राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

खजुरा (बाँके), २३ असार : लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् ।

शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकोले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रजिअ रिजालका अनुसार डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्र्मी तैनाथ गरिएका छन् । शनिबार बाँकेको राप्ती नदीले खतराको तह पार गरी राप्ती नदी कुसुमको जलमापन केन्द्रमा पानीको सतह आठ दशमलव १० मिटर मापन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार आज विहान ७ बजे पानीको सतह घटेको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई ‘एसएमएस’मार्फत सतर्क रहन सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।

  • Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    पहिलो

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 15 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    जबरजस्ती करणी

    • April 28, 2026
    • 16 views
    जबरजस्ती करणी

    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    • April 28, 2026
    • 20 views
    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    नेप्से २६.१६ अंकले घट्यो

    • April 28, 2026
    • 17 views
    नेप्से २६.१६ अंकले घट्यो

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    • April 28, 2026
    • 16 views
    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अधिवक्ताहरूसँग विशेष छलफल गर्दै

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 33 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु