१०५ को नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

टीकापुर, २६ असारः नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापितहुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिनुभयो । “पिलर बगाएपछि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।”

“मोहना नदी पिलरतर्फ ठोक्किन थालेको छ, वर्षात् आयो कि पिलर बग्छ भनेर स्थानीय चिन्तामा बसेका हुन्छन्”, उहाँले भन्नुभयो । पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भएन । “पिलर जोखिममा छ भनेर नै विपद् कोषको बजेटबाट रु १० लाख विनियोजन भएको हो, उपभोक्ता समिति पनि गठन भयो तर काम भएन”, टीकापुर नगरप्रमुख रामलाल डगौँरा थारूले भन्नुभयो, “यो राष्ट्रिय चासोको विषय पनि हो, यसमा प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्छ ।”

बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले गर्छु भनेपछि रु पाँच लाख ‘अग्रिम’ मागेपछि हामीसँग पैसा भएन”, उहाँले भन्नुभयो, “रु १० लाखले तटबन्धको काम पूरा हुने पनि थिएन ।”

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा पाँच–छ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताउनुभयो । वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उहाँले बताउनुभयो

“१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ”, स्थानीय शिक्षक अनिल कोइरालाले भन्नुभयो, “पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।”

उहाँले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिलर रक्षा गर्न यथाशीघ्र तटबन्ध गर्नुपर्छ ।” तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।

  • Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 18 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 28 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    आजको मौसम पूर्वानुमान ?

    • June 8, 2026
    • 27 views
    आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल

    • June 8, 2026
    • 26 views
    आजको राशिफल

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 127 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 64 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-