अछामको ढकारी गाउँपालिका प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा एक सञ्चार संस्थासँग सम्बन्धित व्यक्तिसहितले मिलेमतोमा करिब १२ लाख ७७ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

अख्तियारका अनुसार चलचित्र निर्माणका नाममा नियमविपरीत सम्झौता, बिना प्रतिस्पर्धा खरिद, बढी पेश्की भुक्तानी र नक्कली बिल प्रयोग गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गत पर्ने भएकाले सबै प्रतिवादीविरुद्ध बिगो असुलसहित कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको जनाएको छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा सल्यानबाट पक्राउ

    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको…

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

     जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    • April 14, 2026
    • 80 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले संयुक्त राष्ट्र संघको CEPA को २५ औं सत्रमा भाग लिदै-

    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    • April 13, 2026
    • 38 views
    सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता

    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    • April 13, 2026
    • 28 views
    विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य

    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    • April 13, 2026
    • 28 views
    पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    • April 13, 2026
    • 30 views
    क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल

    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    • April 13, 2026
    • 28 views
    मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !