फिनल्यान्ड विश्वकै खुसी देश, नेपाल ९९औं स्थानमा

विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्बजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौं वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ । 

१४७ देशहरूमध्ये शिर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड रहेको छ भने डेनमार्क तेस्रो, कोस्टा रिका चौथो, स्विडेन पाँचौं, नर्वे छैटौं, नेदरल्याण्डस सातौं, इजरायल आठौँ, लक्जेम्बर्ग नवौं र स्वीट्जरल्याण्ड दशौँ स्थानमा रहेको छ ।

यस सूचीमा अस्ट्रेलिया १५औं स्थानमा छ भने अमेरिका २३औं स्थानमा रहेको छ । त्यस्तै बेलायत २९औं स्थानमा छ भने सिंगापुर ३६औं स्थानमा छ । त्यसैगरी जापान  ६१औं स्थानमा छ भने चीन ६५औं स्थानमा रहेको छ । त्यस्तै रसिया ७९औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा रहेको छ ।

यस सूचीमा छिमेकी मुलुक भारत ११६औं स्थानमा छ भने पाकिस्तान १०४औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ ।

फिनल्याण्ड जस्ता देशहरूको खुशी राम्रो आर्थिक अवस्था, समान स्रोत वितरण, बलियो कल्याणकारी प्रणाली र राम्रो जीवनस्तरलाई श्रेय दिइएको छ । रिपोर्टका अनुसार, अत्यधिक सामाजिक सञ्जालको प्रयोगले धेरै देशका युवाहरूको खुशी र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले यस पटक १४७ देशहरुलाई क्रमबद्ध गरेको छ  ।

विश्व ह्यापिनेस इन्डेक्स अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क, ग्यालपसँगको साझेदारीमा प्रकाशित गर्ने गरेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 57 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 92 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 58 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 84 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 98 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-