अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको तयारी पूरा भएको छ : नृपेन्द्रलाल श्रेष्ठ ।

दीपेन्द्र प्रजापति/कालो झोला ।
काठमाडौं, १६ जेष्ठ । राष्ट्रिय नेवार पत्रकार मञ्चले सार्क पत्रकार मञ्चको सहयोगमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्दै आएको छ । NFNJ र SJF ले 1 र 2 जुन, 2024 मा काठमाडौंमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्दैछ । 
बुधबार एनएफएनजेले आयोजना गरेको पत्रकार भेटघाटमा महासंघका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सम्मेलनको जानकारी दिएका हुन् । महासंघले सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आयोजना गर्न तयार रहेको श्रेष्ठले बताए । सम्मेलनमा उद्घाटन र समापन बाहेक प्यानल डिस्कसन्स, पेपर प्रस्तुति र अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछौं,’ श्रेष्ठले भने । 
त्यस्तै सम्मेलन आयोजक समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले मातृभाषा पत्रकारिताको सय वर्ष पुगेको अवसरमा धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै तेस्रो पटक यस्तो सम्मेलन आयोजना गर्न लागेको बताए । 
सम्मेलनमा विदेशका ५० भन्दा बढी पत्रकारको सहभागिता रहने र मातृभाषा पत्रकारिताका बारेमा आफ्ना विचार र धारणा राख्ने सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले जानकारी दिए ।
महासंघका पूर्वअध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य, वरिष्ठ अध्यक्ष सुनिल महर्जन र सचिव राजु नापितले पनि सम्मेलन आयोजना गर्न एनएफएन तयार रहेको बताए ।
  • Related Posts

    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती मृत फेला परेका छन्। स्थानीय ६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती वर्ष ५६ की अम्बिका भण्डारी…

    विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

    काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो। शुक्रबार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    • July 26, 2024
    • 10 views
    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ

    • July 26, 2024
    • 9 views
    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ

    कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

    • July 26, 2024
    • 11 views
    कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    • July 26, 2024
    • 11 views
    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

    • July 26, 2024
    • 13 views
    विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

    शव परिवारले बुझे

    • July 26, 2024
    • 10 views
    शव परिवारले बुझे