कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिएका हुन् ।

अन्त्येष्टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस उपसभापति धनराज गुरुङ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सांसद राजेन्द्रकुमार केसीलगायत पार्टीका स्थानीय नेता तथा कार्यकताले दिवङ्गत नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । नगरप्रमुख नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनबाट नकर्मी कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।

नगरप्रमुख नकर्मीको जन्म २०२० असार २० गते कीर्तिपुर-३ मा भएको थियो । उनी २०४० सालदेखि नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 99 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 124 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल