अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । बैंकले नीतिगत दर ०.२५ आधार बिन्दुले घटाएको हो । सो विन्दुले घटाएपछि नीतिगत दर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम गरेको हो । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो ।

आर्थिक वृद्धिदर सुधार देखिएको, मुद्रास्फीति सन्तुलनमा रहेको, आर्थिक वर्षको सुरुवातबाट नै श्रम बजार सामान्य रहेकाले ब्याजदर घटाइएको बैंकले जनाएको छ ।

फेडले एक प्रेसनोट जारी गर्दै मुद्रास्फीति मौद्रिक समितिको लक्षित सीमा दुई प्रतिशतमा आउनेमा प्रगति भइरहेको भए पनि अझै केही माथि रहेको जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकको मौद्रिक समितिले दीर्घकालीन रूपमा अधिक रोजगारी र मुद्रास्फीति २ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।

कोभिड र रसिया युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको असरले बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउँदै लगेको थियो । नीतिगत दर ५.२५ देखि ५.५ प्रतिशतसम्म पुर्‍याएको फेडेरल रिजर्भले २०२४ सेप्टेम्बरमा ०.५ आधार बिन्दु र नोभेम्बरमा पुनस् ०.२५ आधार बिन्दुले घटाएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-