अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । बैंकले नीतिगत दर ०.२५ आधार बिन्दुले घटाएको हो । सो विन्दुले घटाएपछि नीतिगत दर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम गरेको हो । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो ।

आर्थिक वृद्धिदर सुधार देखिएको, मुद्रास्फीति सन्तुलनमा रहेको, आर्थिक वर्षको सुरुवातबाट नै श्रम बजार सामान्य रहेकाले ब्याजदर घटाइएको बैंकले जनाएको छ ।

फेडले एक प्रेसनोट जारी गर्दै मुद्रास्फीति मौद्रिक समितिको लक्षित सीमा दुई प्रतिशतमा आउनेमा प्रगति भइरहेको भए पनि अझै केही माथि रहेको जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकको मौद्रिक समितिले दीर्घकालीन रूपमा अधिक रोजगारी र मुद्रास्फीति २ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।

कोभिड र रसिया युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको असरले बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउँदै लगेको थियो । नीतिगत दर ५.२५ देखि ५.५ प्रतिशतसम्म पुर्‍याएको फेडेरल रिजर्भले २०२४ सेप्टेम्बरमा ०.५ आधार बिन्दु र नोभेम्बरमा पुनस् ०.२५ आधार बिन्दुले घटाएको छ ।

  • Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 37 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 37 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 53 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 84 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-