दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २१ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा बाट बिहीबार बिहान करिब ०७:४५ बजेको समयमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं. ०२, श्रीराम हल पछाडीको खाली चौरमा १ जना अपरिचित व्यक्तिले ना. ०६ ख ७२६ नम्बरको मालवाहक ट्रकमा अवैध घरेलु मदिरा ३९ पोकामा प्रति पोका १० लिटरका दरले जम्मा ३ सय ९० लिटर लोड रहेको तथा सो कन्टेनर ट्रकमा अन्य त्रिभुवन विमानस्थल काठमाण्डौ बाट पैठारी प्रज्ञापनपत्र अनुसार रू.१ करोड १४ लाख ४९ हजार ७ सय २५ बराबरको विभिन्न औषधीहरू लोड रहेको अवस्थामा खटीगएको प्रहरी टोलीले रोकी नामथर वतन सोधपुछ गर्दा वीरगञ्ज महानगरपालिका वडा नं. ३० प्रसोतीपुर बस्ने वर्ष २८ को सदाम हुसेन भनी बताएकोले निजले चलाई ल्याएको कन्टेनर ट्रक र सो मा लोड रहेको अंदाजी ३ सय ९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिई सो ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको रू. २० लाख  गरी जम्मा रू. १ करोड ३४ लाख ४९ हजार ७ सय २५ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधी तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय, वीरगञ्ज मा पठाइएको कुरा पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।