दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ३१ जेष्ठ । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला “सबै लाई प्रेम गर घृणा कसैलाई नगर” भने मुल नाराका साथ पर्सा जिल्लाको मुख्य सडक वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौं र १९, विन्दवासिनी संग जोडिएको तिलावे पुलमा बुधबार चिसो पानी तथा सर्बत वितरण गरिएको छ ।

तिलावे पुलमा बटुवा, यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको छ । गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर तिलावे पुलमा बटुवा, यात्रु, रिक्सा, ठेला, अटो चालक लगायत गरि करिब २ हजार १ सय जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताएका छन् । साथै उक्त कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो ।