
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै संकायहरूको स्नातक तहका प्रश्न पत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।
उक्त व्यवस्था अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त निर्णयबारे जानकारी गराउँदै मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसारको पहिलो चरणमा हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र र कानून संकायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा जानकारी गराइएको छ ।