दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ आश्विन । समुदाय प्रहरी साझेदारी अन्तर्गत “आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक र्‍याली ” कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायधिवक्ता पदम बहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल, नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधान, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) वीरगञ्जको मनोपरामर्शदाता हेमा थापा लगायत पर्सामा क्रियासिल सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित सरकारी तथा निजी क्याम्पस तथा विद्यालयका शिक्षक, शिक्षीका तथा विद्यार्थीहरू, पत्रकारहरू, राष्ट्रसेवक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल तथा अन्य निजामति कर्मचारीहरूका साथै सामूदायिक सेवा केन्द्रका अध्यक्ष लगायतका पदाधिकारीहरू समेत गरी करिब १ हजार ०२ सय जनाको सहभागितामा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थित घण्टाघरमा भेला जम्मा भई र्‍यालीको कार्यक्रम पश्चात सहिद स्मारक मैदानमा सभामा परिणत भई उक्त कार्यक्रम आईतबार बिहान करिब १०:०० बजे सम्पन्न भएको थियो ।