आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: सभापति शेर्पा

लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। संघका सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशन प्रक्रियामा ढिलाइ भएको खुलासा गरेका हुन्। 

३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशन गर्ने म्यान्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यसलाई फिर्ता नदिएको उनले बताए। सभापति शेर्पाका अनुसार यदि पार्टीले विधान समयमै दिएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन सम्पन्न भइसक्ने थियो। 

उनले आफ्नो कार्यकालका क्रममा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाए पनि नेतृत्वले ‘अधिवेशन गराएर मात्र छाड्नु’ भन्दै रोकेको जानकारी दिए। पहिलो र दोस्रो स्ववियु निर्वाचनपछि आफूले पदबाट बाहिरिन खोजे पनि पार्टीका पदाधिकारीहरूको आग्रहमा जिम्मेवारी सम्हालिरहनु परेको उनको भनाइ छ। शेर्पाकै नेतृत्वमा भएको पछिल्लो स्ववियु निर्वाचनमा नेविसंघ देशभर पहिलो स्थानमा स्थापित हुन सफल भएको थियो।

पार्टीभित्रको आन्तरिक गुटबन्दी र अनुशासनको समस्याबारे बोल्दै शेर्पाले अनुशासन समिति पाउनका लागि मात्रै आफूले झन्डै तीन वर्ष संघर्ष गर्नुपरेको दुखेसो पोखे। निर्वाचनका बेला हुने बागी उम्मेदवारी र आरोप–प्रत्यारोप नियन्त्रण गर्न संयन्त्र माग्दा समेत नेतृत्वले ढिलाइ गरेको उनले बताए। 

अब हुने महाधिवेशनमा विद्यार्थीले आफ्ना नेता र नीति आफैँ छान्ने बाटो खुलेको दाबी गर्दै उनले विद्यार्थी नेताहरूले पार्टीका नेताहरूको झोला बोक्ने दिन सकिएको उद्घोष गरे। महाधिवेशनलाई कम खर्चिलो र पारदर्शी बनाउन नेविसंघले नयाँ योजना अघि सारेको छ। 

विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट स्वेच्छिक र पारदर्शी ढंगले कोष संकलन गरिने र यसका लागि पार्टीबाट कुनै आर्थिक सहयोग नलिइने शेर्पाले स्पष्ट पारे। 

  • Related Posts

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 8 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव