नेविसंघ काँग्रेसबाट अलग हुने विषय केन्द्रीय समितिमा, विद्यार्थीहरुले गराए ध्यानाकर्षण

 नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पुर्याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन् ।

नेविसंघले आफुलाई काँग्रेसबाट अलग गर्ने निर्णय गरेको विषय केन्द्रीय समितिमा नेताहरुले उठाइरहेको बताउदै काँग्रेस प्रवक्ता देवराज चालिसेले यस बारेमा पार्टीले निर्णय लिने बताएका छन् ।

उनले भने- नेविसंघ, महिला संघ, तरुण दल लगायत पार्टीका भातृ संस्थाहरु पार्टीको विधान अनुसार निर्माण भएका संस्थाहरु हुन् । नेपाली काँग्रेसले निर्माण गरेका संस्था हुन् । पार्टीले निर्माण भएका संस्थाले आफु अलग भए भन्ने घोषणा गर्नु कति राजनीतिक, वैधानिक हुन्छ, त्यो भन्नेले बुझ्नुपर्ने कुरा हो ।  पार्टीको बैठकमा यो विषयले प्रवेश पाएको छ, यो पार्टी भित्रको अनुशासनको विषय हुन सक्छ । यो पार्टीको लक्ष्मण रेखा भन्दा बाहिर गएको विषय हो ।’

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 77 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views